
चितवनः पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा आकस्मिक रक्तसंञ्चार सेवा सुरु गरिएको छ । अस्पतालमा उपचार गराई रहेको तीन जना बिरामीलाई निःशुल्क रगत उपलव्ध गराएर सेवा संञ्चालनमा ल्याईएको हो । मृगौलाको डायलासीस गराई रहेका बिरामीलाई रगत उपलव्ध गराई रत्ननगर नगरपालिका प्रमुख नारायण वनले सेवाको उद्घाटन गर्नु भएको हो ।
क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुर र अस्पताल बिच सम्झौता गरि आज देखि सेवा संञ्चालनमा ल्याईएको हो । यो संगै अस्पतालमा आएका बिरामी रगतको खोजिमा भरतपुर सम्म जार्नुपर्ने बाध्यता टरेको छ । सेवा तत्कालका लागि अस्पतालमा रहेको प्रयोगशालाबाट संञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. विश्वबन्धु वगालेले जानकारी दिनुभयो ।
सेवाको शुभारम्भ गर्दै नगरपालिका प्रमुख वनले अहिले आकस्मिक रक्तसंञ्चार केन्द्रको रुपमा स्थापना गरिएको यस सेवालाई बिस्तार गरेर केन्द्रको रुपमा संञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर १० का अध्यक्ष केशब आचार्यको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा नगरपालिका उपप्रमुख विमला दुवाडी, वडा नम्बर २ का वडा अध्यक्ष तिलकराज शर्मा, नेपाल रेडक्रस सोसाईटि चितवन शाखाका सभापति ज्ञानशाली न्यौपाने, अस्पताल बिकास समितिका सदस्य देवेन्द्र कुमार श्रेष्ठ, उद्योग बाणिज्य संघ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी लगाएतले बोल्नु भएको थियो । सो अस्पतालमा अहिले नियमित डायलासीस गर्ने २६ जना बिरामी रहेका छन् ।
रक्तसंञ्चारको क्षेत्रीय कार्यालय भरतपुरमा रहेको छ । केन्द्रले माडीको वघौडा अस्पतालमा यस अघिनै आकस्मिक रक्तसंञ्चार सेवा सुरु गरेको छ । यस्तै वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडीकल कलेजमा अस्पताल युनिट स्थापना गरि सेवा दिँदै आएको छ ।