
काठमाडौंः काठमाडौंको टोखा नगरपालिकामा पहिरोमा पुरिएर दुईजना बालबालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका १ का तीन वर्षका जुम्ल्याहा सन्ध्या राना र सचिन रानाको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरबाहिर खेलिरहेका उनीहरुको तासिडाँडाबाट झरेको पहिरोमा पुरिएर मृत्यु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।