
काठमाडौंः सुन्दा पछि आङ्ग नै जिरिङ्ग हुने घटना भएको छ । आफ्नै भान्जाको हत्या गरेको अभियोगमा मामा पक्राउ परेका छन् । १४ वर्षअघि आफ्नै नाबालक भान्जाको हत्या आरोपमा फरार मामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आफ्नै मामालाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार मामाले फिरौती माग्दै भान्जाको हत्या गरेका थिए । दरबारमार्ग क्षेत्रमा बालकको शव बोरामा फेला परेको थियो । सोही समयदेखि मामा फरार थिए । बालकका आमाबुबा न्युरोडमा व्यापार गर्दै आएका थिए । पक्राउ पर्नेमा ४५ वर्षीय राजेश कुमार गुप्ता रहेको प्रहरी स्रोतले जनाएको छ ।
हत्या आरोपमा फरार रहेका मामा लामो समयदेखि भारतमा लुकेर बस्दै आएको खुलेको थियो । उनी नेपाल आएको समयमा पक्राउ परेको बताइएको छ । महाशाखाले पत्रकार सम्मेलन नै गरेर यसबारे जानकारी दिने बताएको छ ।