विराटनगरः कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको छ । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निर्देश सापकोटाका अनुसार वृद्धलाई बुधबार अस्पताल भर्ना गरिएको थियो ।
मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु प्रवक्ता डाक्टर सापकोटाले बताउनुभयो ।

उनको शवलाई प्लास्टिकले बेरेर राखिएको छ । यो सँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनको संख्या ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !