
चितवनः खोलाले बगाएर ल्याएको दाउरा टिप्न जाँदा माडीमा आज एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा माडी नगरपालिका वडा नम्बर ३ धोवाहा निवासी ४० वर्षिय रामसिंह मर्दनीया रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रबक्ता सूर्य बहादुर थापाका अनुसार भैसी चराउन गएका मर्दनीया रीउ खोलाले वगाएर ल्याएको दाउरा टिप्न खोलामा हामफाल्दा बेपत्ता भएका हुन । दिउसो १ः४० वजे देखि बेपत्ता भएका मर्दनीयाको खोजिकार्य जारी रहेको छ । पानीको वाहव उच्च रहेकाले उनको खोजी कार्यमा केही समस्या देखिएको भए पनि स्थानीय, प्रहरी लगाएतले खोजि गरिरहेको उहाँले बताउनुभयो ।