चितवनः जिल्लाको बिभिन्न स्थानीय तहमा गरि आज थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका ३ जना र कालिका नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएका दुई सय ५५ जना मध्ये पाँच जनामा कोरोना पुष्टि भएको हो । पुष्टि हुनेमा गौडाकोट नगरपालिकाका एक जना रहेका छन् ।
कार्यालयका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १७ र १८ का तीन जना पुरुष, कालिका नगरपालिका वडा नम्बर २ का एक जना र गैडाकोट नगरपालिका वडा नम्बर १३ का एक जना पुरुष रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !