
चितवनः गुरुङ्को हत्याको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य वहादुर थापाका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १४ का ४१ वर्षिय राजकुमार गुरुङ्को हत्याको आशंकामा दुई युवालाई नियन्त्रर्णमा लिई अनुसन्धान सुरु गरिएको छ ।
गुरुङ्को शब भरतपुर महानगरपालिका वडा नम्बर १०को चितवन माबिको खालि जग्गाको झाडीमा बोरामा पोकोपारेको अबस्थामा फेला परेको थियो । थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्रि गर्ने, ठेलामा सामान बिक्रि गर्ने जस्ता काम गर्दै आएका उनी चार दिन यता हराई रहेका थिए । आज बोरामा शब भेटिए पछि उनको परिवारले आफन्त भएको भनि सनाखद गरेका हुन । उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए ।