चितवनः नारायणी लिफ्ट सिचाई प्रणालीको मुख्य स्थलमा पुजाआजा गरि आज देखि पानी छाडिएको छ । पश्चिम चितवनको जमिन सिचाईका लागि मुख्य नहर नारायणी लिफ्टको पम्पहाउस ए बाट पानी छाडिएको हो ।
नारायणी लिफ्ट सिचाई खगेरी सिचाई व्यवस्थापन कार्यालयका प्रमुख इ. खेम वहादुर पाठकका अनुसार यस पम्पले प्रति सेकेण्ड चार हजार लिटर पानी फाल्ने गर्दछ । पश्चिम चितवनको फुलबारी, केसरबाग, तोरीखेत, शिवनगर, लंकु, लक्ष्मिपुर, कल्याणपुर, शरदपुर, गौरीगञ्ज,बसेनी लगाएतका क्षेत्रमा सिचाईका लागि नारायणी लिफ्टबाट पानी बितरण गर्ने गरिन्छ ।
पानी छोडीए पछि अहिले वि र सि नगहरबाट पानी पठाईएको छ । वि नहरबाट दुई हजार चार सय हेक्टर र सि नहरबाट दुई हजार तीन सय हेक्टर क्षेत्रफल सिचाई हुने गरेको छ । नारायणी लिफ्टमा अहिले चारवटा पम्पहरु रहेका छन् । दुईवटा चार क्युमेक र दुई वटा दुई क्युमेकका पम्पहरु रहेका छन् ।
साउन महिनाबाट अर्को ठूलो पम्प समेत संञ्चालनमा ल्याईने छ । पम्प संञ्चालनमा आए संगै एक लाख पचासहजार उपभोक्ता लाभान्वित हुने नारायणी लिफ्ट सिचाई प्रणालीका अध्यक्ष पूर्णवहादुर रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार आज देखि कार्तिकको पहिलो साता सम्म पानी छोडिने छ । पानी छोड्नु अघि पम्पमा हिन्दु धर्म परम्परा अनुसार पुजाआज समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !