चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. २ टांडी चोकमा स्कारपियोले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३४वर्षिय कृष्णकार रञ्जीत रहेको प्रहरीले जनाएको छ।
भरतपुरबाट रत्ननगर तर्फ गईरहेको प्रदेश नम्बर ३–०१–००२२च ३९४४ नम्बरको स्कारपियोले साईकल यात्री रञ्जीतलाई आज दिउँसो टाँडी चोकमा ठक्कर दिएको थियो। ठक्कर बाट घाइते रञ्जीतको उपचारका क्रममा सांझ ७ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !