चितवनः सैनीक जवानको मृत्यु भएको छ । गोर्खाको १५ किलोमा बुधबार भएको दुर्घटनामा परि घाईते नेपाली सेनाका जवानको उपचारका क्रममा आज मृत्य्ु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा गोर्खाको पालुङ्गटार नगरपालिका वडा नम्बर ३ घर भई गोर्खाकै रणसिंह दल गण रामजालिडाडाँमा कार्यरत २४ वर्षिय सैनीक जवान प्रेम परियार रहेका छन् ।
उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज दिउँसो १२ः३० बजे मृत्यु भएको हो । बुधबार गोर्खाको सदरमुकामतर्फ जाँदै गरेको वा १ झ ५८०० नम्बरको सेनाको गाडीलाई बिपरित दिशावाट आउँदै गरेको लु १ क ३८४६ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।
ट्रिपरको ठक्करबाट सेनाको गाडीमा सवार चार जना घाईते भएका थिए । घाइृते मध्ये दुई जना गोर्खा अस्पतालमा उपचार पछि फकिएको र मध्यम घाईते दुई जनाको थप उपचारका लागि चितवन ल्याईएको थियो । थप उपचारका लागि ल्याईएका मध्ये परियारको मृत्यु भएको हो । अर्का ललितपुर महानगरपालिका वडा नम्बर २४ का २५ वर्षिय रञ्जीत रानाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । रानाको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।