चितवनः त्रिशुली नदिमा काठमाडौं तर्फ जाँदै गरेको जीप खसेको छ । पृथ्बी राजमार्गको मौवाखोला नजीकैबाट आज बिहान जिप त्रिशुली नदीमा खसेको हो । धादिङ्ग र चितवनको सिमानामा पर्ने धादिङ्ग तर्फको बाँदरेमोडबाट जिप त्रिशुलीमा खसेको हो ।
सशस्त्र प्रहरीको तालिम शिक्षालय कुरिनटारका प्रमुख सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक कालिदास धौबजीका अनुसार बिहान ६ वजे तिरको समयमा गाडी त्रिशुलीमा खसेको हो । स्थानीय अन्दाजी ४५ वर्षिया सुनमायाँ चेपाङ्गले गाडी खसेको देखेपछि नजिकैका व्यक्तिहरु मार्फत शशस्त्र प्रहरीलाई खवर भएको उहाँले जानकारी दिनुभयो । धौबजीका अनुसार खवर पाए लगत्तै उहाँकै नेतृत्वमा शशस्त्रको गोताखोर टोलि नदी पुगेको थियो ।
बिहान भर शशस्त्रको सो टोली, जिल्ला प्रहरी कार्यालय धादिङ्गको टोली र आदमघाटको शशस्त्र टोलीले खोजि गरेको भए पनि गाडी फेला नपरेको उहाँले जानकारी दिनुभयो । प्रत्यक्ष दर्शीका अनुसार एम्बुलेन्स जस्तो देखिने सेतोमा कालो धर्का भएको सुमो जिप त्रिशुलीमा खसेको हो । उहाँका अनुसार सो जिप काठमाडौं तर्फ जाँदै गरेको अनुमान गरिएको छ ।
त्रिशुली तर्फको बारमा ठोक्कीएर जिप खसेको अनुमान गरिएको उहाँको भनाई छ । जिप संगै रुखको हाँगा खसेको पाईएको छ । जिपले कालो तार छिनालेर खसेको उहाँले जानकारी दिनुभयो । चेपाङ्गले गाडी डुव्दा हेल्मेट जस्तो बस्तु पनि डुवेको जानकारी दिएको उहाँको भनाई छ ।
चेपाङ्गले रातको समयमा माछा मार्न थापिएको जाल लिन जाँदा जिप खसेको देखेको प्रहरीलाई जानकारी गराउनु भएको छ । धौबजीका अनुसार गोताखोरले पानी भित्र झण्डै २५ फिट तल सम्म गएर हेर्दा समेत गाडी फेला परेको छैन । तल माथीका बिभिन्न ठाउँमा समेत खोजी गरिएको उहाँले जानकारी दिनुभयो । जिप सडकबाट करिब १५ मिटर तल त्रिशुलीमा खसेको अनुमान गरिएको छ ।
नदीमा खसेको जिप काठमाडौं तर्फ जाँदै गरेको जस्तो देखिए पछि त्यसमा के कति मान्छे थिए भन्ने जस्ता विवरण पत्ता लाग्न नसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !