चितवनः जिल्लामा एक वर्ष मुनिका बालबालिकालाई रोटा भाईरस बिरुद्धको औषधी खुवाउने तयारी गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन १ गते देखि नियमित खोप अन्तर्गत सो औषधि खुवाउन लागिएको हो ।
कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार एक वर्ष मुनिका बालबालिकालाई रोटा भाईरसका कारण हुने झाडापखला लाग्ने गरेकाले खोप संगै यो औषधि पनि सुरु गर्न लागिएको हो । जिल्लामा रहेका एक वर्ष मुनिका १४ हजार ४ सय ६० वालवालिकालाई सो औषधि खुवाउन लागिएको हो ।
जिल्लामा रहेका २ सय २० खोपकेन्द्र, ३६ वटा हेल्थपोष्ट, ३ वटा प्रथामीक स्वास्थ्य उपचार केन्द्र, तीन वटा अस्पताल, १४ वटा अर्वान हेल्थ क्लिनिक र ८ वटा सामुदायिक ईकाईबाट औषधि खुवाउन सुरु गरिने उहाँले जानकारी दिनुभयो । यो औषधि वच्चालाई डिपिटि खोप संगै खुवाईने छ । यस अघि ११ वटा खोप वच्चालाई दिईदै आईएकोमा यो औषधि संगै १२ पुगेको छ ।
देश भर साउन १ बाट रोटा भाईरस बिरुद्दको औषधि सुरु हुने तिवारीले जानकारी दिनुभयो ।
यस्तै असार २२ र २३ गते जिल्लामा रहेका पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए खुवाउने कार्यक्रम रहेको छ । जिल्लामा ६१ हजार ८ सय ३५ जना बालालिकालाई भिटामिन ए खुवाउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । यसका लागि २ सय २० केन्द्रमा ४ सय ६१ जना स्वास्थ्य स्वएम सेबिका र स्वास्थ्यकर्मी परिचालन हुने छन् ।