चितवनः भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
असार १४ गते आइतबार परीक्षण गरिएका ५३५ नमुना मध्ये २९ वटा नमुनाको कोभिड–१९ पुष्टी भएको भरतपुर अस्पतालले जनाएको छ । त्यस्तै परीक्षणमा ५०६ वटा नमुनाको नतिजा नेगिटिभ रहेको अस्पतालले जानकारी दिएको छ । अद्यावधिक विवरण अनुसार अर्घाखाँचीबाट ११ जना पुरुष, खैरहनी नगरापालिका वडा नं. २ र ३ चितवन बस्ने वर्ष ३२ र वर्ष २७ का दुई जना महिला, गोदावरी नगरपालिका कैलाली वस्ने वर्ष ३५ का पुरुष १ जना, भरतपुर महानगरपालिका वडा नं। १५ र १६ चितवन बस्ने वर्ष २१ र २३ का पुरुष २ जना र पाल्पा जिल्लाबाट वर्ष १६ देखि वर्ष ५५ सम्मका विभिन्न उमेर समूहका १३ जना पुरुषको कोभिड–१९ पुष्टी भएको हो ।