काठमाडौंः ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको छ ।अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले बताउनुभयो।

अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीवेरमै मृत्यु भएको बताएका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !