चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीमा भएको सवारी दुर्घटनमा नेपाली सेनाका चार जना घाईते भएका छन् । म्याग्दिबाट सुनसरीका लागि आउँदै गरेको बा १ ग २१४५ नम्बरको सेनाको गाडीलाई सोही दिशाबाट आउँदै गरेको ना ३ ख ९१२५ नम्बरको ट्याङ्करले ठक्कर दिदाँ सेनाको गाडीमा सवार चार जना घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गोर्खाको शहिद लखन गाउँपालीका वडा नम्बर ८ घर भई पश्चिम पृतना तालिमकेन्द्र शिक्षालय तनहुँ कार्यरत ३६ वर्षिय जमदार रामशरण थापा, लम्जुङ् मध्यनेपाल गाउँपालिका वडा नम्बर ४ घर भई सर्बदल गण सुनसरी कार्यरत सैनीक जवान २२ वर्षिय राजन घटने, वेशी सहर नगरपालिका वडा नम्बर २ घर भई ३ नम्बर वाहिनी खैरहनी तनहुँमा कार्यरत हवल्दार ३४ वर्षिय बिशाल थापा र चितवन भरतपुर ११ घर भई पश्चिम पृतना तालिमकेन्द्र तनहुँ कार्यरत अमल्दार ३६ वर्षिय हरिवावु पन्त रहेका छन् ।
सेनाको वसमा सवार २१ जना मध्ये चार जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते सबैको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । दुवै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेको छ । घटना साँझ ५ः३० वजेको हो ।

प्रतिक्रिया दिनुहोस !