![](https://www.clickkhabar.com/wp-content/uploads/2020/05/Corona-update.jpg)
काठमाडौंः नोभेल कोरोना भाइरसका ४२६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४२६ संक्रमित थपिएका हुन् ।
बिहीबार ६७१ जना कोरोना संक्रमित थपिएका थिए । बुधबार एकैदिन ५८६ कोरोना संक्रमित थपिएका थिए भने मंगलबार ३८० संक्रमित थपिएका थिए । त्यसअघि सोमबार एकैदिन ४५५ संक्रमित थपिएका थिए । देशभरका ७४ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
कुल कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि एक हजार ४०२ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभरका २४ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । देशभर हालसम्म एक लाख ६१ हजार ७४९ पीसीआर परीक्षण गरिएको छ भने दुई लाख हजार ४७ हजार २७४ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा हजार जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ९ हजार ४६१ मानिसहरु रहेका छन् भने आइसोलसनमा ६ हजार ८५० कोरोना संक्रमितहरु रहेका छन् ।