चितवनः जिल्लामा संक्रमितको संख्या एकै दिन ह्वात्तै वढे पछि प्रशासनले लकडाउनलाई कडाई गर्ने भएको छ । आज कोरोना संक्रमित बढेपछि भोलि देखि लकडाउनमा थप कडाई गर्न लागिएको हो । चितवनमा मात्रै एकैदिन ३० जनामा कोरोना संक्रमण देखिएपछि लकडाउनमा थप गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले संक्रमितको संख्या एकैपटक धेरै संख्यामा वृद्धि भएकाले भोलिदेखी थप कडाई गरिने बताउनुभयो। उहाँले भन्नुभयो “भोलिदेखि लकडाउनमा थप कडाई गछौं, लकडाउनको पालना गर्न सबै चितवनबासीमा आग्रह गर्दछु ।” उहाँले लकडाउनको पालना गर्न आग्रह गर्दै लकडाउन उल्लंघन गर्दै अघि बढे अवस्था भयावह हुन सक्ने भएकाले सचेत हुन आग्रह समेत गर्नुभयो ।