चितवनः जिल्लामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै भरतपुर कोभिड १९ प्रयोगशालामा परिक्षण गरिएका ३० जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो पुष्टि अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २८ का दुई जना, २७ का दुई जना, वडानम्बरहरु ११, २० र २२ मा १–१ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा देखिएका सबै क्वारेन्टिनमा बसोबास गर्ने गरेका छन् ।
यस अघि जिल्लामा संक्रमितको संख्या २४ पुगेको छ । अन्य ६ जना नवलपुर र धादिङ्को रहेका छन् ।