चितवनः भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नम्बर ६ का २७ वर्षिय युवाको नतिजा नेगेटिभ आएको हो ।
माडी नगरपालिकाको क्वारेन्टिनमा रहेको समयमा ज्वरो आए संगै उनलाई शुक्रबार भरतपुर अस्पतालमा ल्याईएको थियो । अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृत्यु भए पछि उनको कोरोना परिक्षणका लागि स्वाब भरतपुर कोभिड १९ प्रयोगशाला पठाईएको थियो ।
जेठ १३ गते भारतबाट उपचार गरि फर्किएका उनी माडी नगरपालिकाको दिवाकर स्मृति बिद्यालयको क्वारेन्टिनमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !