काठमाडौंः काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडे धरौटीमा छुटेका छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंको धरौटीमा छाड्ने आदेशपछि रिहा भएका हुन ।
पक्राउ परेकामध्ये ८ जनालाई ३० हजार र गिनीको अवैतनिक दूतसमेत रहेका अशोक अग्रवाललाई ४० हजार धरौटी माग गरिएको थियो ।

प्रहरीले १९ गते राति दुई लाख ७७ हजार नगदसहित नन्दकिशोर शर्मा, अशोक अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अउजा, विमलकुमार खेतान र होटल सञ्चालक मिक्की जोगाईलाई पक्राउ गरेको थियो । २० गते उनीहरुविरुद्ध ५ दिनको म्याद थप भएको थियो ।

प्रतिक्रिया दिनुहोस !