काठमाडौः नोभेल कोरोना भाइरस संक्रमणबाट थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको पूर्वखोला सिलुवाका ४५ वर्षीय पुरुषको रहेका छन् । उनी पाँच दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
उनलाई स्वास्थ्यसम्बन्धी गडबढी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार २० गते मृत्यु भएका उमा कोरोना संक्रमण देखिएको हो । हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।