
नेपालमा १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको पुष्टि बिहीवार पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा अब सङ्क्रमित कुलको सङ्ख्या १,०४२ पुगेको बताए।
यो एकै दिन बढेको सर्वाधिक सङ्ख्या हो। सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्।
कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या अब पाँच पुगेको छ। अहिले पुष्टि भएका व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ।
बुधवार ११४ जनामा सङ्क्रमण पुष्टि भएको थियो। अहिलेसम्म निको हुनेको सङ्ख्या १८७ छ।