क्वारेन्टिमा खटिएका प्रहरीमा कोरोना

सप्तरीः थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित चन्द्र माविको क्वारेन्टिनमा खटिएका उनमा कोरोना संक्रमण देखिएको सप्तरी प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
योसँगै सप्तरीमा संक्रमित प्रहरीको संख्या २ पुगेको छ भने प्रदेश २ भरि १३ जना पुगेको छ । सबैभन्दा बढी बारामा ७ जना प्रहरी संक्रमित देखिएका छन् ।

सप्तरी, सिरहा र धनुषामा २–२ जना प्रहरी संक्रमित देखिएको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिनुचयो ।