काठमाडौंः दैलेखमा थप आठ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले आज गरिएको कोरोना परीक्षणमा थप आठजनामा कोरोना संक्रमण देखिएको बताउनुभयो । उहाँल्ले भन्नुभयो “दैलेखमा थप आठजनामा कोरोना संक्रमण देखिएको छ ।”

उनका अनुसार प्रदेश अस्पताल सुर्खेत, पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा आज गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिका १, ३, ४ र ५ का २६, १९, ३०, ३६, ४०, १, १७ वर्षका पुरुष रहेका छन् भने २० वर्षकी एक महिलामा कोरोना देखिएको छ ।

उनीहरु आठैजना स्वास्थ्यकर्मीको सम्पर्कमा आएको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !