चितवनः नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवसको अवसमा जिल्ला शाखा चितवनले दिप प्रज्वलन गरेको छ । युनियनको आफ्नै भवन रहेको शाखाले आज साँझ कार्यालयमा दिप प्रज्वलन गरेको हो ।
युनियनका केन्द्रय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले कोरोना भाईरसको संक्रमणको समयमा सरकारले पत्रकारहरुलाई प्याकेजको घोषणा गर्न माग गर्नुभयो । अहिलेको बिसम परिस्थितिमा पत्रकारहरु बिस्थापित हुने अबस्थामा पुगेको भन्दै उहाँले पत्रकारहरुलाई लक्षित गर्दै बिशेष प्याकेज घोषणाको माग गर्नु भएको हो ।
अहिले राजधानी बाहीर सञ्चालित पत्रिकारहरु वन्द हुने अबस्थामा पुगेको भन्दै उहाँले यस क्षेत्रको जगेर्ना गर्नु अहिलेको अबाश्यकता रहेको बताउनुभयो । यो समयमा जनप्रतिनिधिबाट मनोपोलि हुन सक्ने भन्दै उहाँले यसलाई रोक्न पत्रकाहरु सजग हुन आबश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो “संक्रमणकालिन समयमा भ्रष्टाचार र मनोपोलि वढ्न सक्छ यस प्रति तपाई हामी सजग रहनु पर्छ ।”
यस्तै प्रेस युनियन चितवनले आजै भरतपुर महानगरपालिका वडा नम्बर ९ मा रहेको चितवन मानव सेवा आश्रममा रहेका आश्रीतहरुलाई खान खुवाएको छ । शाखाका जिल्ला अध्यक्ष अनिल ढकालका अनुसार आश्रममा रहेका आश्रीतहरुलाई स्थापना दिवसको अबसरमा खाना खुवाईएको हो ।
कोरोना भाईरसको संक्रमणका समयमा प्रेस युनियन चितवन शाखाले पत्रकारहरुलाई राहत बितरण देखि मास्क, सेनीटाईजर लगाएतका समाग्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !