चितवनः हावाहुरीका कारण रुख ढलेर रोकी राखेको ट्याक्टरमा लाग्दा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाईते भएका छन् । मृत्यु हुनेमा वुटवल घर भई भरतपुर महानगरपालिका वडा नम्बर १२ बस्ने २९ वर्षिय राम वहादुर विक रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार घाईते हुनेमा सोही स्थान निवासी ३४ वर्षिय सुरेश बिक, २६ वर्षिय सम्भू खड्का, ३६ वर्षिय दिपक कुमाल र ३१ वर्षिय प्रदिप शर्मा रहेका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । सबैको अबस्था मध्यम रहेको छ ।
आँपटारीबाट देवघाट तर्फ जाँने क्रममा भित्रि सडकमा रोकी राखेको ना ३ त ३४२३ नम्बरको ट्याक्टरमुनी ओत लागेर वसेका उनीहरु घाईते भएका थिए । घाईते मध्य राम वहादुरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !