काठमाडौंः नोभेल कोरोना भाइरसका ९ जना संक्रमित थपिएका छन् ।

नयाँ कोरोना संक्रमित थपिनेमा एक जना रुपन्देही र ८ जना झापाका रहेका छन् । यसअघि बिहीबार बिहान १७ जनामा कोरोना संक्रमण देखिएको थियो । कुल कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ ।

हालसम्म ३८ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

बिहीबार नै बुटवलको क्रिमसन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।

पीसीआरबाट विधिबाट हालसम्म ३८ हजारको कोरोना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ७८हजार ६९५ को कोरोना परीक्षण गरिएको छ ।

देशभर हालसम्म २५ हजार ३० जना क्‍वारेन्टाइनमा रहेका छन् ।

बिहीबार चारजना टेकु अस्पतालबाट डिस्चार्ज भएका छन् । ४८९ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस !