चितवनः कोरोना भाईरस (कोभिड १९)को परिक्षणका लागि स्वाब संकलन क्वारेन्टाईनहरुमानै गरिने भएको छ । अस्पतालहरुमा रहेका कोरोना आशंका गरिएका बिरामीहरुको सम्बन्धित अस्पतालले स्वाब संकलन गरि पठाउने छन् ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार भरतपुर कोरोना बिशेष अस्पतालमा कोरोना पोजेटिभ देखिएर सामान्य अबस्था रहेका बिरामीहरुलाई राखिने छ । हाल सो अस्पतालमा स्वाब संकलन, पोजेटिभ देखिएका बिरामी राख्ने र आईसोलेसन एबं क्वारेन्टाईनको काम समेत गरिदैं आएको छ ।
तिवारीका अनुसार स्थानीय तहहरुले क्वारेन्टाईन निर्माण कार्य तिव्र गतिमा अघि वढाएका छन् । ती स्थानिय तहको स्वास्थ्य शाखामा केस अनुसन्धान तथा खोजपडताल समुह गठन गर्ने काम भैरहेको छ । कम्तीमा जनस्वास्थ्य स्नातक वा सो भन्दा माथि अध्ययन गरेका स्वास्थ्यको कर्मचारीको नेतृत्वमा तीन सदस्यीय समुह गठन गरिने छ ।
एक ÷दुई दिनमा महानगरपालिकामा पाँच, नगरपालिकामा दुई र गाउँपालिकामा एउटा समूह गठन गरिने छ । यस संगै सोही समुहले क्वारेन्टाईनबाट स्वाब संकलन र ¥यापिट डाइग्नोष्टिक टेष्ट पनि गर्ने उहाँले जानकारी दिनुभयो । पोजेटिभ देखिए बिरामीको सम्पर्कमा भएका व्यक्तिको खोजि देखि बिभिन्न अनुसन्धानका काम सोही समुहले गर्ने छ ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जिल्लाका अस्पतालहरुमा आएकाको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टले संयोजन गरि स्वाब संकलनको व्यवस्था गर्ने छन् भने क्वारेन्टाईनहरुबाटै स्वाब संकलनको संयोजन स्वास्थ्य कार्यालयका प्रमुखले गर्ने गरि व्यवस्था मिलाईएको छ ।
जिल्लामा ९८ वटा वडा छन् । ती सवै वडामा क्वारेन्टाईन वनाईदै छ । क्वारेन्टाईनमा १४ दिन देखि २१ दिन सम्म राखिने छ । सोही अबधिमा स्वब संकलन गरि पिसिआर परिक्षण गरिने छ । उनीहरुमा पोजेटिभ देखिएमा कोरोना अस्पताल पठाईने छ भने नेगेटिभ देखिएमा घर पठाईने छ । मेडिकल कलेज, अस्पतालहरुमा आएका शंकास्पद बिरमीको स्वाब शंकलन सम्बन्धित स्ंस्थाले गरेर कोभिड १९ प्रयोगशालामा लैजाने छन् ।
कोरोना अस्पताल संञ्चालन गर्दै आएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार कोरोना पोजेटिभ राखिएको अस्पतालमा अन्य काम गर्नु हुँदैन ।
सरकारल तह एक अर्थात साधारण लक्ष्यण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । उहाँका अनुसार तह दुई अर्थात मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई त्रिबि शिक्षण अस्पताल महाराजगञ्ज, नेपालगञ्ज मेडिकल कलेज र बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तोकेको उहाँले बताउनुभयो । हाल नेपालमा देखिएका बिरामीलाई कोरोना अस्पतालमा उपचार गर्न सकीने रहेकाछन् ।
भरतपुर अस्पतालमा सबै किसिमका बिरामीको उपचार गरिने छ भने कोरोना अस्पतालमा पोजेटिभ भएकालाई मात्र राख्ने र प्रयोगशालामा परिक्षण गरिने उहाँले बताउनुभयो । जिल्लामा हाल सम्म ९ सय ९३ जनाको ¥यापिट डाईग्नोस्टिक टेष्ट गरिसकिएको छ भने १ हजार १ सय ३२ जनाको पिसिआर परिक्षण गरिएको छ ।
¥यापिट डाईग्नोष्टिक टेष्टका क्रममा रत्ननगर नगरपालिकामा दुईजनामा एन्टिवडि पोजेटिभ र राप्ती नगरपालिकामा एक जनामा शंकास्पद देखिएको थियो । यस्तै पिसिआर परिक्षणका क्रममा राप्ती नगरपालिकाका दुई जना र नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पुष्टि भएकाहरु मध्ये राप्ती नगरपालिका वडा नम्बर ८ का आमा छोरा संक्रमण निको भएर घर फर्कि सकेका छन् भने नवलपुरका एक जनाको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !