पश्चिम नवलपरासीः सशस्त्र प्रहरी बल ९एपीएफ० को टोलीले पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ पाचपेडाबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सरावल गाउँपालिका ९ रामग्रामका २७ वर्षीय जोगेन्द्र हरिजन छन् ।
उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भुजहवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपाल आउँदै गरेका हरिजनलाई गस्तीमा खटिएको टोलीले शंका लागि जाँच गर्दा उनको साथबाट डाईजापाम ४ सय ९४ वटा, फेनारगन ५ सय वटा, नाइट्राभेट ट्याब्लेट १ हजार ७ सय ९ वटा, स्पास्मो प्रोक्सिभन प्लस ९६ वटा, नोफिन इन्जेक्सन ४ सय ९३ र वानरेक्स ७ वटा बरामद गरेको हो । पक्राउ परेका हरिजनलाई बरामद लागु औषधसहित आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।