
चितवनः नारायणी नदीमा डुवेर दुई जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १६ का २५ वर्षिय प्रविण दवाडी र २५ वर्षिय विवेक भट्टराई रहेका छन् ।
उनीहरु आज दिउँसो ४ः३० वजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर १६ को गणेशमन्दीर नजकै नदीमा पौडी खेल्ने क्रममा डुवेर वेपत्ता भएका हुन । उनीहरुको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।