
चितवनः जिल्लामा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्वीचितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यनको केन्द्रय प्रयोगशालामा परिएको परिक्षणका क्रममा संक्रमण पुष्टि भएको मन्त्रालयका सह प्रबक्ता समिरकुमार अधिकारीले वताउनुभयो । उनी संगै वर्दिया, सिराहा, पर्सा, सर्लाहीका ६ जनामा नयाँ संक्रमण भेटिएको हो ।
योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । तर दुई जना संक्रमित भने निको भएर घर फर्कि सकेका छन् ।
राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले संक्रमित व्यक्ति चितवनमा छन् या काठमाडौंमा भन्ने बारे आफूले बुझि रहेको बताउनुभयो । उहाँले भन्नुभयो भनिन्–‘संभवत ती व्यक्ति काठमाडौंमै रहेको हुनुपर्छ, म थप विवरण बुझ्दै छु ।