काठमाडौंः सरकारले प्रतिलिपि अधिकार सुनिश्चित गर्ने भएको छ । राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्को दुवै सदनमा आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले प्रतिलिपि अधिकार सुरक्षित गर्ने उल्लेख छ ।

अब सरकारले प्रस्तुत गर्ने आगामी बजेटमा यो विषय समेटिने छ । नेपालमा प्रतिलिपि अधिकारको सुनिश्चित नभएको भन्दै श्रष्टाहरुले आवाज उठाउँदै आएका छन् ।
आफ्ना गीत विना अनुमति अरुले नै प्रयोग गरेको तर त्यसवापत आफूहरुले रोयल्टी नपाएको भन्दै केही गीतकार, संगीतकार तथा गायकले सरकारलाई झक्झक्याउँदै आएका छन् ।

गीतकार यादव खरेल, संगीतकार लक्ष्मण शेष, गायक सत्यराज आचार्य, स्वरुपराज आचार्यलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रतिलिपि अधिकार सुनिश्चित गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !