काठमाडौं – नेपालमा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमितमध्य १८ जना पर्साका रहेका छन् । जसअनुसार पर्साका थप ६ जना पुरुष र १२ जना महिलामा कोरोना संक्रमण देखिएको हो । यस्तै महोत्तरी जिल्लाका २ पुरुष, धनुषाका एक पुरुष र एक महिला गरी २ जना, भक्तपुरका एक पुरुष र एक महिला गरी २, काठमाडौंका एक महिला र सर्लाहीका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सह-प्रवक्ता समिर कुमार अधिकारीले बताए ।

उनिहरु सबैको अवस्था सामान्य रहेको अधिकारीले जानकारी दिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । नेपालमा आज मात्रै ८३ जनामा कोरोना संक्रमित भेटिएका छन् । यस अघी आज दिउँसो ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।I

प्रतिक्रिया दिनुहोस !