चितवनः भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षिया एक महिलाको पाँचौ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजिटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला काठमाडौंमा गरिएको परिक्षणका क्रममा ती महिलाको पाँचौ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।
बैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाईएको नमुनाको नतिजा आज आएको हो । कोरोना संक्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् । उनको स्वास्थ्य अबस्था सामान्य रहेको उहाँले जानकारी दिनुभयो । बैशाख ३ गते ¥यापिट डाईग्नोष्टिक टेष्टका क्रममा शंस्कास्पद भेटिए पछि भरतपुर अस्पतालमा ल्याईएको थियो । अस्पतालमा ल्याईए संगै उनी र उनका दूई छोराको पिसिआर परिक्षाण गरिएको थियो ।
पिसिआर परिक्षणका क्रममा उनी र उनका २७ वर्षिय एक छोरामा कोरोना पोजेटिभ देखिएको थियो । उनीसंगै कोरोना पोजेटिभ देखिएका छोराको पुनः परिक्षाण्का क्रममा नतिजा नेगेटिभ आए पछि उनलाई अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरु चैत ३ गते बेलायतबाट हङ्कङ् हुँदै चैत ५ गते पूर्बी चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ स्थित घर आइपुगेका थिए ।
यस्तै वैशाख २६ गते र आजका गरी ४६ वटा नमुनाको अहिले भरतपुर कोरोना (कोभिड १९) प्रयोगशालामा परिक्षण भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !