चितवनः नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ जलबिरेमा रुख सहितको पहिरो पन्छाईएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार विहान १०ः२० वजे पहिरो गएको थियो । पहिरो पन्छाए पछि सवारी आवागमन दुवै तर्फि बाटो संञ्चालनमा आएको छ ।
बिजुलिको तार सहित पहिरो खसेकाले पन्छाउने कार्यमा केहि कठिनाई भएको हो । लकडाउनका कारण सार्वजनीक सवारी नचले पनि अत्याबश्यक सवारीका साधनहरु रोकीएका थिए । रोकीएका सवारी साधनहरु पहिरो पन्छाए पछि गन्तव्य तर्फ जान थालेका छन् ।

प्रतिक्रिया दिनुहोस !