चितवनः वनमा उम्रीएको च्याउ खाँदा पूर्बी चितवनमा सात जना बिरामी परेका छन् । कालिका नगरपालिका वडा नम्बर ३ पदमपुरका सात जना बिरामी परेका हुन ।
बिरामी हुनेमा पदमपुरका ३४ वर्षिय शिव चौधरी, २७ वर्षिया समिक्षा चौधरी, २४ वर्षिया अनिता चौधरी, २५ वर्षिय निरजकुमार चौधरी, ४० वर्षिया सीतावती देवी, ४५ वर्षिय लखन चौधरी र २७ वर्षिया पुजा चौधरी रहनु भएकोछ । उहाँहरु सबै उकै परिवारको रहनु भएको छ ।
उहाँहरुको भरतपुर सामुदायीक अस्पतालमा उपचार भईरहेको छ । बिरामी मध्ये अनिताको अबस्था गम्भिर रहेको अस्पतालका बरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीले जानकारी दिनुभयो । उहाँहरुले घर नजिकैको वनबाट ल्याएको च्याउ खानुभएको थियो । च्याउ खाएर बिरामी परेपछि उहाँहरुलाई उपचारका लागि आईतबार राती अस्पताल ल्याईएको हो ।
यस्तै आईतबार च्याउ खाएर भरतपुर महानगरपालिकाका वडा नम्बर २९ जुगेडीको एकै परिवारका पाँच जना बिरामी परेका थिए । उनीहरु मध्ये एक जनाको अबस्था गम्भिर रहेको थियो । अन्य सामान्य उपचार पछि घर फर्किएको भए पनि गम्भिर बिरामीको भरतपुर अस्पतालको सघन उपचार कक्षमा उपचार भईरहेको छ ।