चितवन: पूर्बी चितवनको खैरहनीमा आज साँझ ट्रकले मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका वडा नम्बर ८ का ६३ वर्षिय कुलानन्द भण्डारी रहेको जिल्ला प्र्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार भण्डाराबाट टाँडी तर्फ आउँदै गरेको ग १ क २१९६ नम्बरको ट्रकले बाटो काटन लागेको ना २७ प ५८१८ नम्वरको मोटरसाईकललाई ठक्कर दिदाँ भण्डारीको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भिर घाईते भण्डारीको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । ठक्कर खाने दुबै सवारी साधन र ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !