चितवनः नेपाली काँग्रेस चितवनका भातृ संस्थाहरुले आज भरतपुरको चौबिसकोठिमा प्रदर्शन गरेका छन् । नेविसंघ, नेपाल तरुण दल र नेपाल महिला संघले भरतपुर कोरोना (बिशेष)अस्थाई अस्पतालमा भएको चोरी र आर्थिक अनियमीतताका बिषयमा स्पष्ट पर्नु पर्ने, दोषीलाई कारवाही गर्नु पर्ने र संसद अपहरणकारी लाई कारवाही गरिनु पर्ने लगाएतका मागहरु सहित भातृ संस्थाहरुले प्रदर्शन गरेका हुन ।
भ्रष्टाचारीलाई कारवाही गर, कोरोना अस्पतालमा भएको अनियमितताको छानविन र चोरीमा संलङ्नलाई कारवाही गर लगाएतका नारा सहित प्रदर्शन गरिएको थियो । प्रदर्शन पछि आयोजित कोण सभामा बोल्ने बक्ताहरुले संकटको समयमा समेत भ्रष्टाचार गर्नेलाई कारवाही गर्नु पर्ने बताएका थिए । सरकारले दोषिहरुलाई कारवाही नगरे काँग्रेसले आन्दोलन नरोक्ने उहाँहरुको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्र्रेस चितवनका उपसभापति कैलाश कोईराला, सचिबहरु उत्तम जोशी, राजिव न्यौपाने, तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार, नेबिसंघ चितवनका नेता परमेश्वर खनाल लगाएतले बोल्नु भएको थियो ।
महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सामाजिक दुरी कायम गर्दै बिरोध गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !