काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले शुक्रबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशवप्रसाद घिमिरेले बैठक आह्‍वान भएको जानकारी दिनुभयो । सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्‍वान गर्ने गरिन्छ । आइतबारै मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्‍वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !