
काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । केहीबेरअघि सुरू भएको बैठकमा नेकपाभित्रको विवाद समाधानको प्रयास हुनेछ ।
नेकपाभित्र विवाद बढ्दै गएपछि पार्टी नै विभाजन हुने अवस्था देखिएपछि पछिल्लो समय नेताहरुबीच गम्भीर छलफल जारी छ । समूह समूहबीचको छलफलपछि सचिवालय बैठक सुरू भएको हो ।