रसुवाः दीर्घरोगीका लागि गोसाइँकुण्ड गाउँपालिकाले घरघरमै औषधि उपलव्ध गराएको छ । लकडाउनले यातायात बन्द हुँदा नुवाकोटको त्रिशूली तथा काठमाडौँको बजारबाट औषधि खरीद गरी ल्याउन वा मगाउने सम्भावना नभएको र नियमित औषधि सेवन नगरे ज्यान जोखिम हुने देखिएपछि आफ्नो गाउँपालिका क्षेत्रमा बसोबास गर्ने दीर्घरोगीलाई संस्थागत रूपले घरघरमा औषधि उपलव्ध गराइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार पहिलो चरणमा दीर्घरोगीको नाम, ठेगाना, उमेर संकलन गरी नियमित औषधि सेवन गर्न चिकित्सकले प्रमाणित गरेको कागजातका आधारमा निःशुल्क औषधि वितरण गरिएको हो । वितरित औषधिमा उच्चरक्तचाप, मिर्गौला, दमखोकी पेटलगायत रहेको र बिरामी छ वटै वडाका ४१५ जना छन् ।

रसुवाका पाँच गाउँपालिकामध्ये ग्रामीण विपन्नता भएको व्यक्तिलाई औषधि उपलब्ध गराउनेमा पहिलो भएको र र अन्यले पनि औषधि व्यवस्थापन गर्नेमा आफूहरू आशावादी रहेको लाङ्बुका छेसाङ्दावा तामाङले बताए । रासस

प्रतिक्रिया दिनुहोस !