अभिबाकत्व ग्रहण गरेकि छात्रा आधारभुत तहको परिक्षमा प्रथम

चितवनः अभिभावकत्व ग्रहण गरेका बिद्यार्थीहरु मध्ये राप्ती नगरपालिका प्रमुखका बिद्यार्थी स्कुलको प्रथम भएको भएको जिल्लमा पहिलो घटना हो । सरकारले गरेको बिद्यार्थी भर्ना अभियान अन्र्तगत बिपन्न परिवारमा रहेर वालवबालीकाबाट सबद्यालय जान बञ्चित भएकी चितवनको राप्ति नगरपालिका प्रमुखले अभिबाकत्व ग्रहण गरेर निरन्तर बिद्यालय जाने बिपन्न बर्गकि छात्रा कक्षा आठको आधारभुत तहको परिक्षमा बिद्यालय प्रथम स्थान हाँशिल गरेकी छन् ।
राप्ती नगरपालिकामा रहको बुद्ध शान्ति माबिमा अध्यननरत छात्रा सरिता नेपाली  कक्षा प्रथम भएको नगर प्रमुख प्रभा बरालले जनाकारी दिनुभयो । आर्थिक अबस्था कम्जोर भएर बिद्यालय भर्ना गर्न कठिन भएकाले बिद्यार्थीहरुले अभिभाबकत्व ग्रहण गर्नु र ती बिद्यार्थीले आफ्नौ शैक्षिक योज्ञता देखाउनु राम्रो कुरा हो ।
आफु बिद्यार्थी भर्ना अभियानमा जनप्रतिनिधी भएको नाताले अभिबाकत्व ग्रहण गरेको समयबाट उनको हरेक आबश्यकता पुरा गरको र अध्ययनमा सफलता प्राप्त गरको उहाँले बताउनुभयो ।। बरालले कक्षा ६ बाटनै उनको अभिबाकत्व ग्रहण गर्नुभएको हो । हरेक बिपन्न बर्गमा अध्ययन गर्ने र लगानशिल बिद्यार्थी भए पनि उनीहरुको आबश्यकता आर्थिक अभाबमा पुरा नहुदा अध्ययनमा सफलता प्राप्त गर्न नसक्ने भएकोमा सरकार त्यस्ता लगनशिल बिद्यार्थीको पहिचान गरि शिक्षा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो “मैले अभिबाकत्व ग्रहण गरेको समय देखिनै निरन्तर उनको हरेक समस्या समाधान गर्ने प्रयास गरे पटक पटक भेट्ने गरेको थिय र उ लगनशिल भएकै कारण उत्कृष्ट भईन् ,म यो उनको  सफलतामा खुसी छु ।”