
काठमाडौंः कैलालीको गौरीगंगा नगरपालिकास्थित सामुदायिक वन उपभोक्ता समिति उदासिपुरका अध्यक्ष बिर्ख धामी घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धामीलाई ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार धामीले घरायसी झगडा उग्र बनाई इलाका प्रहरी कार्यालय मसुरिया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरीसँगको मिलेमतोमा घूसवापतको रकम लिएका थिए । उनलाई गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट पक्राउ गरिएको आयोगले जनाएको छ ।