चितवनः पूर्बी चितवनको राप्ती नगरपालिकामा १५ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नम्बर १ का ५८ वर्षिय रामबहादुर तामाङ् रहेका छन् ।
ईलाका प्रहरी कार्यालय खैरहनीका अनुसार तामाङ्ले वालिकालाई जलुको टिप्न जाने क्रममा वैशाख ९ गते फकाएर जवर्जस्ती गरेका थिए । करणी गरेको अभियोगमा पक्राउ परेमा उनलाई १३ गते पक्राउ गरिएको हो । पक्राउ गरि जवर्जस्ती करणी अभियोगमा मुद्धा दर्ता भई अनुसन्धान सुरु गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !