चितवनः नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य दिलिप पौडेलले नेपाल प्रेस युनियन चितवनलाई माक्स र सेनीटाईजर हस्तान्तरण गर्नु भएको छ । पौडेलले युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई एक सय थान सर्जिकल मास्क २० थान सेनिटाईजर हस्तान्तरण गर्नु भएको हो ।
हस्तान्तरण गर्दै केन्द्रीय सदस्य पौडेलले संकटको समयमा पनि पत्रकारहरु सूचना प्रबाहमा जुट्नु पर्ने भएकाले व्यक्तिगत रुपमा सहयोग गरेको बताउनुभयो । व्यक्तिगत सुरक्षाका लागि आबश्यक पर्ने सामानहरु सहज रुपमा नपाउँदा समाचार संकलनमा समस्या हुन सक्ने भन्दै उहाँले आफ्नो स्वास्थ्यलाई समेत ख्याल गर्दै सूचना सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा बोल्दै युनियन चितवनका अध्यक्ष ढकालले पत्रकारहरुको सहयोगमा युनियन लागि परेको बताउनुभयो । उहाँले नेपाल प्रेस युनियन चितवनले रु तीन लाखको अक्ष्यकोष स्थापना गरि राहत बितरण गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !