चितवनः नेपाल बिद्यार्थी संघ चितवनले आज साँझ मसाल जुलुस निकालेको छ । सरकारले कोरोना भाईरस नियन्त्रणका लागि लकडाउन गरेको समयमा सरकारकै ध्यान राजनीति तर्फ केन्द्रित भएको भन्दै यसको बिरोधमा मसाल जुलुस पदर्शन गरेको हो ।
भरतपुर कोरोना बिशेष(अस्थाई) अस्पताल भएको अनियमीतताका बिषय र सांसद अपहरण जस्ता विषयमा सरकार जिम्मेवार रुपमा प्रस्तुत हुन नसकेको नेबिसंघको आरोप छ । नेबिसंघ चितवनका नेता परमेश्वर खनालको नेतृत्वमा गरिएको प्र्रदर्शनमा बिद्यार्थी तथा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर १० को नहरचोकबाट निस्किएको मसाल जुलुस बिशालचोक पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै नेबिसंघ नेता खनालले सरकारले जनतालाई बिश्वास घात गरेको आरोप लगाउनु भयो । सरकार अहिले संकटको घडीमा राजनिति गरेर वस्न चाहेको भन्दै उहाँले बर्तमान प्रधानमन्त्रीको राजितामा माग गर्नु भयो ।
जनाको ख्याल गर्नुपर्ने समयमा कुर्सीको ख्याल वढि गरेको भन्दै उहाँले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा दिएर मार्ग प्रसस्त गर्न आगह गर्नुभयो । अहिलेको सरकारकाले भ्रष्टाचारीको संरक्षण गरेको र अपराधिलाई जोगाएको उहाँको भनाई थियो । भरतपुरमा रहेको कोरोना बिशेष अस्थाई अस्पतालमा भएको अनियमितता र चोरीको घटनाको सत्य तथ्य छानबिन गर्न समेत माग गर्नुभयो ।
सो अबसरमा नेबिसंघ चितवनका बिद्यार्थी नेताहरु कृष्ण वगाले, बसन्त गैरे, राजेश भूषाल लगाएतले सरकारको बिरोध गर्नु भएको थियो ।