चितवनः सरकारले कोरोना भाईरसको संक्रमण वढ्ने भन्दै लकडाउनलाई लम्बाई रहेको छ । यो समयमा शक्तिको आडमा बिभिन्न व्याक्तिले शक्तिको दुरुपयोग गरेको पाईएको छ ।
पूर्बी चितवनको राप्ती नगरपालिकाको दुरुपयोग भएको पाइएको छ । राप्ती नगरपालिका प्रमुखले प्रयोग गर्ने सरकारी गाडी नेकपा नेता तथा कार्यत्रर्ताहरुले प्रयोग गरेको पाईएको छ ।

नगर प्रमुख चढ्ने बा २ झ २६२९ नम्बरको गाडी प्रमुखको अमाजु (श्रीमानको दिदि) ले प्रयोग गरेको भेटिएको छ । प्रमुख प्रभा बराल पौडेलले नै अमाजु सिता पौडेललाई काठमाडौं पठाउन नगरपालिकाको गाडी पठाएकी छिन् । नगरपलिकाले माननिय सिता पौडेललाई काठमाडौं पुर्याउने भन्दै सिफारिस गर्दै इ पासको लागि आवेदन दिएको खुलेको छ । नगरपालिकाले आवेदन दिएपछि बा २ झ २६२९ नम्बरको सरकारी गाडीलाई ९३३८१९ नम्बरको इ पास प्रदान गरिएको थियो । उक्त पासमा चितवनदेखी काठमाडौंसम्म माननिय सिता पौडेल समेत भनेर प्रष्ट रुपमा लेखिएको छ। तर सिता पौडेल माननिय नभई पुर्व माननिय हुन्। यसरी झुटो विवरण दिएर मेयरले आफ्नो परिवारको सदस्यको लागि नगरपालिकाको साधनको दुरुपयोग गरेको प्रष्ट बुझिन्छ ।

पूर्व माननियलाई माननिय भन्दै इ पास

राप्ती नगरपालिकाले माननियलाई काठमाडौं पुर्याउनको लागि भन्दै इ पासको लागि सिफारिस गरेको पाइएको थियो । नगरपालिकाले उल्लेख गरेको विवरण नै झुटो रहेको छ । सिता पौडेल माननिय नभई पु्र्व माननिय हुन् । झुटो विवरण सहित इ पासको लागि नगरापलिकाले सिफारिस गरेको र जिल्ला प्रशासन कार्यालय समेत त्यसको जाच नगरि पास स्विकृत गरेको हो । नगरापालिकाले पास आवश्यक परेको भन्दै सिफारिस सहित आवेदन दिएकाले खासै छानविन नगरिएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताउनुभयो । झुटो विवरण दिएर पासको दुरुपयोग भएको प्रष्ट देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !