काठमाडौंः थर्मल गन कालोबजारीले आरोपमा पक्राउ परेका शुलभ अग्रवाल धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । उनीमाथि सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले समेत अुनसन्धान गर्ने भएपछि प्रहरीले फेरि पक्राउ गरेको हो ।

अग्रवाललाई आजै काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागले अग्रवालमाथि अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउको आदेश दिएकाले पुनः पक्राउ गरिएको बताउनुभयो ।
विभागले अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने अनुसन्धान सुरु गर्ने बताइएको छ । चैत २५ गते अग्रवाललाई नक्सालबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । उनले ५ हजार पर्ने थर्मल गनलाई १५ हजारमा बेचेको पाइएको थियो । अग्रवालसँग प्रहरी आफैँ ग्राहक बनेर थर्मल गन किन्नका लागि गएको थियो ।

प्रतिक्रिया दिनुहोस !