काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कोरोना भाइरसका कारण मुलुक संकटमा परेका बेला एकताबद्ध भएर समस्या समाधानमा लाग्नुपर्ने बताउनु भएको छ ।

उहाँले बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गरेर संकटका बेला सरकारलाई पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर जनताको स्वास्थ्य र समस्या समाधानतर्फ लाग्न आग्रह गर्नुभएको छ ।
“संकटका बेला हामी सबैले पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर एकताबद्ध ढंगले जनताको स्वास्थ्य र समस्या समाधान गर्न लाग्नुपर्छ भनेर सरकारलाई अपिल गर्न चाहन्छु,” महामन्त्री डा. कोइरालाले भिडियो सन्देशमा भन्नुभएको छ ।

उहाँले संकटमा परेका बेला मुलुकमा विभाजनको रेखा कोर्नु जनताप्रतिको धोकाधडी भएको भन्दै सचेत पनि गराउनुभएको छ ।

“संकटका बेलामा लाखौंलाख जनताको ज्यान जोखिममा भएका बेलामा कुनै पनि विभाजनको रेखा कोर्नु मुर्खतामात्र होइन कि देश र जनता प्रतिको धोकाधडी हुने छ,” कोइरालाको भिडियो सन्देशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !