चितवनः नेपाल बिद्यार्थी संघ चितवनले भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा भएको चोरी र अनियमीतताको बिरोधमा प्रदर्शन गरेको छ । आज बिहान भरतपुरको चौबिसकोठीमा संघले बिरोध प्रदर्शन गरेको हो ।
सामाजिक दुरी कायम गर्दै नेबिसंघ चितवनले भ्रष्टाचारीलाई कारवाही गर, कानुनी राज्यको पालना गर, सांसद अपहरणकारीलाई कारवाही गर लगाएतका प्ले काड सहित आन्दोलन प्रदर्शन गरेका हुन ।
भरतपुर कोरोना अस्पतालमा भएको चोरी र पूर्ब स्वास्थ्यमन्त्री डा. सुरेन्द्र यादबलाई अपहरण शैलीमा काठमाडौं लगिएको घटना प्रति बिरोध गर्दै प्रदर्शन गरेको नेबिसंघ चितवनका सचिब गणेश रिजालले जानकारी दिनुभयो ।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका सचिब उत्तम जोशीले राज्यको निरीह पनको फाईदा उठाउन खोजिएको बताउनुभयो । सरकारले भ्रष्ट कर्मचारी र संसद अपहरण गर्नेलाई कारवाही गरेर जनतालाई कानुनी राज्यको महशुश गराउनु पर्ने उहाँको भनाई थियो ।
नेबिसंघ चितवनका अध्यक्ष सुर्य ढकालले संकटको समयमा समेत जनतालाई निरास बनाउने काम सरकार र सरकारका प्रतिनिधिहरुबाट हुने गरेको भन्दै यस्ता कदम रोक्न आग्रह गर्नु भयो । सरकारले जनतालाई कानुनी राज्यको महशुश गराउन नसकेको उहाँको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस !